PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

रासफोर्डको गोलमा इङ्ग्ल्याण्डको जित



पहिलोपोस्ट

रासफोर्डको गोलमा इङ्ग्ल्याण्डको जित
Getty Images

युरोकपको तयारीमा रहेको इङ्ग्ल्याण्डले गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा रोमिनियामाथि संघर्षपूर्ण जित निकालेको छ। रिभरसाइड स्टेडियममा सम्पन्न खेलमा इङ्ग्ल्याण्डले रोमानियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

इङ्ग्ल्याण्डको जितमा निर्णायक गोल मार्कस रासफोर्डले गरे। उनले खेलको ६८ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै गोल गरेका थिए। त्यस्तै ७८ औं मिनेटमा पनि इङ्ग्ल्याण्डले पेनाल्टीको अवसर पाएको थियो। जसमा जोर्डन हेण्डरसन चुके।

त्यस्तै गएराति नै सम्पन्न अर्को मैत्रीपूर्ण खेलमा नेदरल्याण्डले जर्जियामाथि ३-० को सहज जित निकाल्यो। नेदरल्याण्डसलाई मेम्फिस डिपेले खेलको १० औं मिनेटमै पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै अग्रता दिलाएका थिए। त्यस्तै वोट वेघ्रोस्टले ५५ औं मिनेट र र्यान ग्राभेनबेर्चले ७६ औं मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell