PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

बेल्जियमसँग क्रोएसिया पराजित



पहिलोपोस्ट

बेल्जियमसँग क्रोएसिया पराजित

युरोकपको तयारीमा रहेका क्रोएसिया र बेल्जियमबीचको गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा बेल्जियमले संघर्षपूर्ण जित निकालेको छ। बेल्जियमको ब्रसेल्समा सम्पन्न खेलमा घरेलु टोली बेल्जियमले क्रोएसियामाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।

बेल्जियमको जितमा रोमेलु लुकाकुले निर्णायक गोल गरे। इन्टर मिलानका स्ट्राइकर उनले खेलको ३८ औं मिनेटमा निर्णायक गोल गरे। जुन बेल्जियमको जितका लागि पर्याप्त बन्यो।

त्यस्तै गएराति नै सम्पन्न अर्को खेलमा स्कटल्याण्डले लक्जेम्बर्कमाथि १-० कै संघर्षपूर्ण जित निकाल्यो। स्कटल्याण्डका लागि २७ औं मिनेटमा छे आडम्सले निर्णायक गोल गरे। उता ३४ औं मिनेटमा वाहिद सेलिमोभिक रेडकार्ड खाँदै बाहिरिएपछि १० खेलाडीमा समेटिएको लक्जेम्बर्कले गोल फर्काउन सकेन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell