PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

युरोकप सुरु हुन हप्तादिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोभिड संक्रमण



पहिलोपोस्ट

युरोकप सुरु हुन हप्तादिन बाँकी हुँदा स्पेनका कप्तानलाई कोभिड संक्रमण

युरोकपको तयारीमा रहेको स्पेनका कप्तान सर्जियो बुस्क्वेटसलाई कोभिड संक्रमण भएको छ। बार्सिलोनाका मिडफिल्डर उनलाई कोभिड संक्रमण देखिए पनि टिमका अन्य खेलाडीको कोभिड परीक्षण भने नेगेटिभ नै देखिएको छ।

बुस्क्वेटसलाई कोभिड देखिएसँगै मंगलवार तय लिथुवानियासँगको मैत्रीपूर्ण खेल प्रभावित बन्ने भएको छ। लिथुवानियासँगको उक्त मैत्रीपूर्ण खेल अब स्पेनको यू २१ टिमले खेल्नेछ।

मैत्रीपूर्ण खेल स्थगित भएसँगै स्पेनले टिकटबाट उठाएको रकम फिर्ता गर्न थालेको छ भने अझै यू २१ सँगको खेल हेर्न चाहेको खण्डमा छुटको ब्यवस्था गरेको छ।

स्पेन युरोकपको समूह ई मा छ। समूह ईमा स्पेनसहित स्वीडेन, स्लोभाकिया र पोल्याण्ड रहेका छ। स्पेनले १४ जुनमा पहिलो खेलमा स्वीडेनविरुद्ध खेल्नेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell