PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

न्यायाधीश विवादमा फसेको संवैधानिक इजलास स्थगित



पहिलोपोस्ट

न्यायाधीश विवादमा फसेको संवैधानिक इजलास स्थगित

काठमाडौं : प्रतिनिधिसभा विघटन मुद्दा हेर्न गठित संवैधानिक इजलास स्थगित भएको छ।

प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले इजलास स्थगित गरेका हुन्। पहिलो इजलास भंग भएर वरिष्ठताका आधारमा गठित दोस्रो इजलास पनि विवादमा परेको छ। जबराले दीपककुमार कार्की, मिरा खड्का, ईश्वर खतिवडा र आनन्द मोहन भट्टराईलाई राखेर दोस्रो इजलास गठन गरेका थिए।

तर सरकारी पक्षले आइतवार न्यायाधीशद्वय कार्की र भट्टराईमाथि विभिन्न प्रश्न उठाएर इजलासमा नबस्न माग गर्‍यो। यसमा निर्णय लिन आइतवार इजलास स्थगित गरेर कार्की र भट्टराई बस्ने वा नबस्ने आदेश सुनाउने आज तय गरिएको इजलास स्थगित भएको हो।

यसअघि अघिल्लो इजलासमा न्यायाधीशद्वय तेजबहादुर केसी र वमकुमार श्रेष्ठमाथि प्रश्न उठेपछि प्रधानन्यायाधीश राणाले त्यसलाई भंग गरेर वरिष्ठताका आधारमा इजलास गठन गरेका थिए। सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटन मुद्दामा इजलास गठन पेचिलो बन्दै गएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell