PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

भारतसँग असमझदारी थियो, अहिले हटेको छ : प्रधानमन्त्री ओली



पहिलोपोस्ट

भारतसँग असमझदारी थियो, अहिले हटेको छ : प्रधानमन्त्री ओली

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै समयमा भारतसँग रहेको असमझदारी अहिले हटेको बताएका छन्। 'एक समयमा असमझदारी थियो। त्यसमा नै हामी उल्झिरहन हुन्न,' ओलीले बीबीसी हिन्दीसँग कुरा गर्दै भनेका छन्, 'हामीले भविष्य हेर्नुपर्छ।'

भारत विरोधी अभिव्यक्तिसँगै मुलुकको राजनीतिको शीर्षस्थानमा उदाएका केपी ओलीले अध्यारो पक्षमा अल्मलिन नहुने बताउँदै उज्यालो पक्षलाई अगाडि बढाउनुपर्ने बताए। 'सकारात्मक कुरालाई अगाडि बढाउनुपर्छ,' ओलीले भने।

बीबीसीका पत्रकारले सुरुमै प्रधानमन्त्री ओलीलाई भारतले कोभिड १९ संक्रमणविरुद्ध गरेको सहयोग अपेक्षा गरेअनुसार भयो कि भएन भनेर प्रश्न गरेकी थिइन्। त्यसमा ओलीको पहिलो वाक्य थियो - 'मलाई कुनै नकारात्मक कुरा गर्नु छैन। हुनसक्छ अदालतको फैसलाका कारण या खोपको कमी भएका कारण हुनसक्छ अथवा भारतमा व्यापक फैलिरहेको अवस्थाले, भारत आफैँ मुस्किलमा थियो।'

उनले भारतमा संक्रमण कन्ट्रोल भयो र नेपालमा भएन भने भारतमा नियन्त्रित हुनुको अर्थ नभएको बताए। भारतसँग सीमा सील गरेर पनि रोक्न नसकिने उनको भनाइ थियो। दुवैतिर खेत रहेकाले दशगजा पनि कहाँनेर छ भेट्न नसकिने भएकाले भारतमा नियन्त्रण हुँदैमा मात्र नहुने उनको तर्क थियो।

विशेष सम्बन्ध रहेका कारण नेपाललाई भारतले सहयोग गर्नुपर्ने प्रधानमन्त्री ओलीको तर्क थियो। खोपको विषयमा राजनीति नहुने भन्दै उनले जसले दिए पनि सहयोग अपेक्षा गरेको बताएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell