PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

तोकेको समयभन्दा बढी डिपार्टमेन्टस्टोर खोलेपछि कोटेश्वर भाटभटेनी शाखाका म्यानेजर पक्राउ



पहिलोपोस्ट

तोकेको समयभन्दा बढी डिपार्टमेन्टस्टोर खोलेपछि कोटेश्वर भाटभटेनी शाखाका म्यानेजर पक्राउ

काठमाडौंः कोटेश्वरस्थित भाटभटेनी सुपरमार्केटका म्यानेजर पक्राउ परेका छन्।

निषेधाज्ञाको समयमा तोकेको समय भन्दाबढी डिपार्टमेन्टर स्टोर खोलेको भन्दै म्यानेजर सागर गुरुङलाई नियन्त्रणमा लिएको हो। स्थानिय प्रशासनले निषेधाज्ञाको समयमा बिहान ९ बजेसम्म खाद्यान्न तथा डिपार्टमेन्टलस्टोरलाई खोल्न दिएको छ।

' अनुगमनको क्रममा पुग्दा डिपार्टमेन्ट स्टोर खोलेको पाइएपछि एक जनालाई नियन्त्रणमा लिएका छौ। थप अनुसन्धान भइरहेको छ,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डिएसपी दक्षबहादुर बस्नेतले भने।

आज दिउँसो जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा प्रहरी टोली भाटभटेनीमा पुगेको थियो। साढे १ बजेसम्म भाटभटेनी संचालन गरेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell