PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

ओलीको ६ बुँदे शर्त नेपाल समूहले गर्‍यो अस्वीकार, ल्याउँदै आफ्नै शर्त



पहिलोपोस्ट

ओलीको ६ बुँदे शर्त नेपाल समूहले गर्‍यो अस्वीकार, ल्याउँदै आफ्नै शर्त

काठमाडौं : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल-झलनाथ खनाल समूहले प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राखेको प्रस्ताव अस्वीकार गरेको छ।

नेपाल-खनाल समूहको स्थायी कमिटीको बैठकले ओलीले आइतवार राखेको ६ बुँदे प्रस्ताव अस्वीकार गर्ने निर्णय गरेको स्थायी कमिटी सदस्य वेदुराम भुसालले जानकारी दिए। उनले ओलीले राखेको ६ बुँदा नै स्वीकार्य नभएको बताए।

बैठकले ओलीले राखेको ६ बुँदा नै एकताका लागि नभइ जालझेलको लागि भएको निष्कर्ष निकालेको छ।

'ओलीले राखेको ६ बुँदे सबै अस्वीकार गर्छौ। कुनै पनि बुँदाहरु मान्य खालको छैन। उहाँले एकता चाहनु भएको छैन भन्ने निर्णयमा पुगेका छौं,' उनले भने।

नेपाल समूहले राखेको ६ बुँदे प्रस्तावलाई ओलीले मान्न तयार भएमात्रै एकता सम्भव हुने नेपाल समूहको निष्कर्ष छ। नेपाल समूले ओलीलाई काउण्टर दिँदै लिखित विज्ञप्ति निकाल्ने तयारी गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell