PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

मृत्युको हल्लाबिच तङ्ग्रिँदै दिलिप कुमार



पहिलोपोस्ट

मृत्युको हल्लाबिच तङ्ग्रिँदै दिलिप कुमार

स्वास प्रस्वासमा समस्या भएपछि उपचाररत् भारतीय अभिनेता दिलिप कुमारको स्वास्थ्यमा सुधार भइरहेको छ। मुम्बईको हिन्दुजा अस्पतालमा रहेका अभिनेताको स्वास्थ्यस्थिति बारे उनकी श्रीमती सायरा बानुले जानकारी दिएकी हुन्।

बलिउडमा 'दिलिप साहब' नामले चर्चित ९८ वर्षीय दिलिप कुमारको मृत्युको हल्ला समेत फैलियो। वाट्सएपमा उनको मृत्युबारे मिथ्या सामाग्री छाएको थियो। लगत्तै दिलिप कुमारको ट्वीटरमार्फत् उनकी श्रीमतीले उक्त खबर झुटो भएको बताइन्। साथै हाल उनको अवस्था सामान्य रहेको जानकारी दिइन्। 

दुई/तीन दिनपछि उनको अस्पतालबाट डिस्चार्ज हुने समेत उल्लेख गरिएको छ।

अभिनेताको फोक्सोमा पानी भरिएको थियो। सास फेर्न गाह्रो भएपछि अक्सिजनको सहायताले उनको सामान्य वार्डमा उपचार भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell