PahiloPost

Apr 30, 2026 | १७ बैशाख २०८३

लुम्बिनी प्रदेशसभामा मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत हुने



पूजा पन्थी

लुम्बिनी प्रदेशसभामा मंगलवार नीति तथा कार्यक्रम प्रस्तुत हुने

बुटवल : लुम्बिनी प्रदेश सरकारले मंगलबार प्रदेशको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने भएको छ।

आज बसेको मन्त्रिपरिषद बैठकले भोलि दिउसो ४ बजे आर्थिक वर्ष २०८७/८९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्ने बैठकपछि सरकारका प्रवक्ता एव आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले जानकारी दिए।

भोलि ३ बजे शुरु हुने बैठकमा ४ बजे लुम्बिनी प्रदेश प्रमुख धर्मनाथ यादबले नीति कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ।

लुम्बिनी प्रदेश सरकारको कोभिड १९ नियन्त्रण तथा उपचार कोषमा १० करोड थपिएको छ। मन्त्रिपरिषद् बैठकले कोरोना उपचारमा थप रकम आवश्यक पर्ने भएपछि रकम थप गरेको मन्त्री चौधरीले बताए।

दोस्रो भेरियन्ट आइसकेपछि १०-१० करोड गरि २० करोड विनियोजन गरिसकेको उनले जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell