PahiloPost

May 6, 2024 | २४ बैशाख २०८१

अभिनेता दिलीप कुमार जो अंग्रेजको विरुद्ध भाषण गर्दा जेल परेका थिए



पहिलोपोस्ट

अभिनेता दिलीप कुमार जो अंग्रेजको विरुद्ध भाषण गर्दा जेल परेका थिए

९८ वर्षीय दिलीप कुमार आइतवार बिहान अस्पताल भर्ना भए। बलिउडमा ‘दिलीप साहब’ नामले चर्चित दिलीप कुमारलाई सास फेर्न गाह्रो भएपछि मुम्बईको हिन्दुजा अस्पताल भर्ना गरिएको थियो

उनकी श्रीमती सायरा बानुले स्वास्थ्य अवस्था सामान्य रहेको ट्विटरमार्फत जानकारी दिएकी छिन्। साथै उनलाई दुई/तीन दिनपछि अस्पतालबाट डिस्चार्ज गर्ने समेत उल्लेख गरिएको छ।

तिनै अभिनेता दिलीप कुमारको जीवनसँग सम्बन्धित एक रोचक घटना छ। सन् १९४० ताका दिलीप कुमार फिल्म क्षेत्रमा आउनुअघि पैसा कमाउने माध्यम खोज्दै थिए।

त्यसै क्रममा उनी परिवारसँग झगडा गरेर मुम्बईबाट भागेर पुणे पुगे। पुणेमा उनी ब्रिटिस आर्मी क्यान्टिनमा काम गर्न थाले। जहाँ उनले बनाएको स्यान्डविचको निकै तारिफ हुन्थ्यो।

जुन बेला भारत स्वतन्त्र भएको थिएन। भारत अंग्रेजको कब्जामा नै थियो। एक दिन दिलीप कुमारले पुणेमा भारतको समर्थनमा भाषण गरेका थिए। उनले भारतको स्वतन्त्रताको लडाई न्यायसंगत रहेको र बेलायती शासकहरू गलत भएको अभिव्यक्ति दिएका थिए।

ब्रिटेन विरोधी भाषणको लागि उनलाई येरवाडा जेल हालिएको थियो। जहाँ भारतको विषयमा बोल्ने धेरै मानिसहरुलाई जेलमा बन्द गरिएको थियो।

‘त्यतिखेर भारतको बारेमा बोल्नेलाई गान्धीवाला भनिन्थ्यो। म अन्य कैदीहरुको समर्थनमा भोक हड्तालमा सरिक भएको थिए। पछि मेरो चिनेको मेजर आएर म जेलबाट छुटेको थिए। म पनि गान्धीवाला भएको थिए’ उनले आफ्नो पुस्तक ‘दिलीप कुमार - द सब्स्टान्स एण्ड द स्याडो’ मा लेखेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell