PahiloPost

Apr 21, 2025 | ८ बैशाख २०८२

‘हामी तिमीहरूलाई मर्न दिँदैनौं’ : निषेधाज्ञामा भोकाएका पशुपन्छीलाई खाना खुवाउँदै अभियन्ता

‘हामी तिमीहरूलाई मर्न दिँदैनौं’ : निषेधाज्ञामा भोकाएका पशुपन्छीलाई खाना खुवाउँदै अभियन्ता

प्रवीण रानाभाट/पहिलोपोस्ट


निषेधाज्ञाका कारण सुनसान सडकमा कुकुरदेखि मठ मन्दिर वरपर नाच्ने बाँदरहरू भोकै छन्। सडकमा छाडिएका चौपाया अनि आहाराको आशमा बस्ने परेवा र अन्य चराहरूले के खाए होलान्? शहर चलायमान हुँदा पनि फालिएका खानादेखि धर्मका लागि चडाउने चामल र गहुँ खान पाउथे।

आम मानिस घरमा थुनिँदा पशुपन्छीलाई खानाको समस्या देखिएपछि ‘एनिमल वेलफेयर वर्ल्ड ’ले भोका जनावरलाई खाना खुवाउने अभियान थालेको थियो। गोकर्णेश्वर नगरपालिकामा सडकमा भेटिने कुकुरहरूलाई खाना खुवाउन शुरु भएको अभियान बिस्तार हुँदैछ। हाल उक्त संस्थाले मठमन्दिर वरपर भेटिने बाँदर, परेवा आदिलाई खुवाउन थालेको हो।

सडकमा आश्रित जनावरहरू भोको नरहुन् र भोककै कारण उनीहरूले देखाउने आक्रामक व्यवहारको शिकार कोही पनि बन्न नपरोस् भन्ने अभियानको उद्देश्य हो।

गोकर्णेश्वरबाट शुरु भएको जनावरलाई खाना खुवाउने कार्यक्रम सोमवार पशुपतिसम्म पुग्यो। त्यहाँका बाँदरलाई बिस्कुट र मकै, गहुँलगायत अन्न खुवाइयो। सँगै देखिएको दृश्य थियो - मृगको बथान। अभियान्ताहरूले मकै लगेर राख्दा शून्य देखिएको मृगस्थलीको एक छेउमा केहीबेरमै मृगैमृग देखिए। रोचक त के भने उनीहरूले मानिसको हातैबाट दुधिल मकै लिएर खाए।

अन्य समय मानिसको भिडभाड र होहल्लाका कारण मृगस्थलीको छेउछाउसम्म बथानै मृगहरू देखिँदैन थिए। ‘हामी तिमीहरूलाई मर्न दिँदैनौं’ भन्ने नारासहित शुरु भएको यस अभियान लकडाउन अवधिभर निरन्तर अघि बढ्नेछ।



ट्रेन्डिङ पोस्ट

Ncell