PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

नेविसंघले जलायो प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला, प्रहरीको हस्तक्षेप

नेविसंघले जलायो प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला, प्रहरीको हस्तक्षेप

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेविसंघ)ले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएको छ।

गत शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको विवादित अभिव्यक्ति दिएका थिए।

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोधमा नेविसंघ सडकमा ओर्लिएको हो। सो क्रममा उनीहरुले उपप्रधानमन्त्री महतो र प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीको हस्तक्षेपपछि विद्यार्थीहरु तितरवितर भएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell