PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

जोर्डनविरुद्ध नेपाली टिम: अभिषेक, विकास र दिनेश सुरुवाती ११ मा



पहिलोपोस्ट

जोर्डनविरुद्ध नेपाली टिम: अभिषेक, विकास र दिनेश सुरुवाती ११ मा

काठमाडौं: विश्वकप छनोट अन्तर्गतको नेपाली टोलीले आज जोर्डनविरुद्ध खेल्दैछ। बेलुकी पौने १० बजे हुने खेलका लागि नेपाली टोलीको प्लेइङ सेट सार्वजनिक भएको छ।

नेपालको यसअघिको इराक र चाइनिज ताइपेइसँगको भन्दा प्लेइङसेट फरक छ। ताइपेइसँगको खेलमा पहिलो सेटमा नपरेका अभिषेक रिजाल, विकाश खवास र दिनेश राजबंशी पहिलो रोजाइमा परेका छन्। त्यस्तै ताइपेइविरुद्ध खेलेका सुनिल बल, आशिष लामा र गौतम श्रेष्ठ सुरुवाती ११ मा छैनन्।

प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले ४-३-३ को रणनीतिमा खेलाडी मैदान उतारेका छन्।

फीफा वरीयतामा ९५ औं स्थानमा रहेको जोर्डन नेपालको बलियो प्रतिस्पर्धी हो। विश्वकप छनोटकै यसअघिको खेलमा जोर्डनले नेपालमाथि ३-० को गोलअन्तरले जित निकालेको थियो।

समूह बी मा ४ खेलबाट १२ अंक जोडेको अस्ट्रेलिया शीर्षस्थानमा छ भने कुवेत ५ खेलबाट १० अंक जोडेर दोस्रो स्थानमा छ। त्यस्तै समान खेल खेलेर १० अंक नै जोडेको जोर्डन तेस्रो स्थानमा रहँदा ६ अंक जोडेको नेपाल चौथो स्थानमा छ। त्यस्तै चाइनिज ताइपेइ जितविहीन रहँदै तालिकाको पुछारमा छ।

यस्तो छ नेपालको सुरुवाती टिम



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell