विश्वकप क्वालिफायर्सको एसिया छनोटको आज सम्पन्न समूह ई को खेलमा भारतले बंगलादेशमाथि जित निकालेको छ। कतारस्थित जसिम बिन हमाद स्टेडियममा सम्पन्न खेलमा भारतले बंगलादेशमाथि २-० को जित निकालेको हो।
पहिलो हाफ गोलरहित बराबरीमा रोकिएको खेलमा भारतका लागि दुबै गोल कप्तान सुनिल क्षेत्रीले गरेका थिए। खेलको ७९ औं मिनेटमा हेडिङमार्फत उत्कृष्ट गोल गर्दै खेलमा अग्रता दिलाएका क्षेत्रीले इन्ज्युरी टाइममा दोस्रो गोल थपेका थिए।
जितसँगै ७ खेलबाट ६ अंक जोडेको भारत अंकतालिकाको तेस्रो स्थानमा उक्लिएको छ। समूह ई मा १९ अंक जोडेको कतार शीर्षस्थानमा छ भने १२ अंक जोडेको ओमन दोस्रो, ६ अंक जोडेको भारत तेस्रो, ५ अंक जोडेको अफगानिस्तान चौथोस्थानमा रहँदा २ अंक जोडेको बंगलादेश अंकतालिकाको पुछारमा छ।
