PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

माओवादी केन्द्रले प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला जलाउँदा प्रहरीको हस्तक्षेप

माओवादी केन्द्रले प्रधानमन्त्री ओली र उपप्रधानमन्त्री महतोको पुतला जलाउँदा प्रहरीको हस्तक्षेप

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता कार्यकर्ताहरुले प्रधानमन्त्री केपी शर्मा ओली र उपप्रधानमन्त्री एवं शहरी विकास मन्त्री राजेन्द्र महतोको पुतला जलाएका छन्। उनीहरुले बानेश्वरस्थित मिन भवन क्याम्पस अगाडि पुतला जलाएका हुन्।

त्यसक्रममा प्रहरीले हस्तक्षेप गरेको थियो। प्रहरीको हस्तक्षेपपछि विद्यार्थीहरु तितरवितर भएका थिए।

गत शुक्रवार उपप्रधानमन्त्री पदमा नियुक्त भएपछि पदभार ग्रहण गर्दै महतोले नेपाल एकल राज्य हुन नसक्ने भन्दै बहुल राष्ट्रिय राज्यको स्थापनाका लागि राष्ट्रिय मुक्ति आन्दोलनको तयारी गरिरहेको विवादित अभिव्यक्ति दिएका थिए।

उपप्रधानमन्त्री महतोको अभिव्यक्तिको विरोधमा उनीहरु सडकमा ओर्लिएका हुन्। सो क्रममा उनीहरुले उपप्रधानमन्त्री महतो र प्रधानमन्त्री ओलीको पुतला जलाएका हुन्।



ट्रेन्डिङ पोस्ट

Ncell