PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सविताका लागि न्याय : सोसल मिडियामा भाइरल 'आत्महत्या प्रकरण'को कथा



सविन ढकाल

सविताका लागि न्याय : सोसल मिडियामा भाइरल 'आत्महत्या प्रकरण'को कथा

काठमाडौं : वैशाख ४ गते दिउँसो करिब साढे ४ बजेतिर भरतपुर महानगरपालिका वडा नम्बर १९ स्थित बखान चोक नजिकैको एउटा घटनाले धेरैको ध्यान खिच्यो। बाक्लो बस्तीको चोक नजिकैको साढे दुई तले घरभित्र २८ वर्षीय सविता भण्डारी धिताल झुन्डिएकी अवस्थामा फेला परिन्।

घाँटीमा पासो लगाएर घरभित्र झुन्डिएकी सविताको हात खुट्टा चल्दै थियो। मुटुको धड्कन चलिरहेको अवस्था। आफन्त, छरछिमेक पुगेर सवितालाई बचाउन खोजे। घाँटीमा लगाएको पासो काटी दिए। अस्पताल पुर्‍याए। तर, सविता बाँच्न सकिनन्।

'म पुग्दा डोरी काटेर अस्पताल पुर्‍याइसकेको थियो। छरछिमेकसँग त्यतिखेर बुझ्दा खुट्टा चलिरहेको भएर बचाउन खोजेको बताएका थिए। त्यतिखेर सबैले आत्महत्या नै भएको बताएका थिए,' केही समयपछि घटनास्थल पुगेका भरतपुर महानगरपालिका वडा नम्बर १९ का वडा अध्यक्ष कर्णबहादुर गुरुङले सुनाए।

साढे ४ बजेको घटना हो यो। थाहा पाएको १० मिनेटमा नै प्रहरी टोलीसमेत पुग्यो। घटनाको अनुसन्धान थाल्यो। पोष्टमार्टम गरियो। प्रहरीको अनुसन्धान, घटनास्थलको अवस्था, अस्पतालले दिएको पोष्टमार्टम रिपोर्टले घटना आत्महत्या नै भएको निष्कर्ष निकाल्यो।

श्रीमान घटना भएको समयमा घरभन्दा बाहिर रहेको प्रहरीको अनुसन्धानमा खुलेको छ।

२८ वर्षीय सविताको सात वर्षअघि वैशाख ३ गते चितवनका योगेन्द्रकुमरा धितालसँग बिहे भएको हो। अहिले उनीहरुको पाँच वर्षको एक छोरासमेत छन्। श्रीमान्, ससुरा रमेशकुमार धिताल, सासुसहित उनी चितवनमा बस्दै आएकी थिइन्। तर, पछिल्लो समय सविताको घरपरिवारसँग राम्रो थिएन। परिवारमा नराम्रो भएको जानकारी सविताले माइतमा पनि सुनाउँदै आएकी थिइन्।

'कुटपिट गर्ने, डिप्रेसनमा छ भनेर औषधीसमेत खुवाउने गरेको मलाई दिदीले भनेकी थिइ,' सविताकी बहिनी सजनी भण्डारीले भनिन्।

सविताको मृत्यपछि माइती पक्षले शंका व्यक्त गर्‍यो। घरपरिवारसँगको नराम्रो सम्बन्ध चाल पाएकाले शंका सोझियो - हत्या त गरेनन्? तर, कुनै प्रमाण थिएन। हत्या नभए पनि आत्महत्या गर्न प्रेरित गरेकोमा माइती पक्ष भने प्रष्ट थियो। त्यसपछि उनीहरुले प्रहरीमा छोरीको मृत्युलाई लिएर तीन जनाविरुद्ध किटानी जाहेरी दिए।

वैशाख १२ गते मृतकका बुबा रामचन्द्र भण्डारीले प्रहरीकहाँ जाहेरी दिएका थिए। जाहेरीमा आत्महत्या गर्न प्रेरित गरेकाले कारबाही गर्न उल्लेख गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख एसपी ओम अधिकरीले बताए।

'प्रहरीको अनुसन्धान नेगेटिभबाट नै सुरु हुन्छ। हत्या हो कि भनेर आशंकाले अनुसन्धान हुन्छ। आत्महत्या देखियो। तर, दुरुत्साहन गरेको देखिएकाले अनुसन्धान गरेका हौं,' एसपी अधिकारीले भने।

माइतीमा आफूलाई घरमा गरिएको व्यवहार, केही प्राप्त भिडियो र अन्य आधारलाई टेकेर आत्महत्या दुरुत्साहनमा अनुसन्धान गरेर सरकारी वकिलमार्फत् अदालतमा मुद्दा लगियो। श्रीमानले कुटपिट गर्ने गरेको कुरा सविताले आफ्नी बहिनीलाई समेत सुनाएकी रहिछिन्। उनकी बहिनीले काठमाडौंमै महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरमा आत्महत्या गर्न दुरुत्सान गरेको आशयसहित कडाभन्दा कडा कारबाही गर्न जाहेरी दिएकी थिइन्। जाहेरी बानेश्वर वृत्तले चितवन जिल्ला प्रहरी कार्यालयलाई पठायो।

२०७५ भदौ १ गतेदेखि लागू भएको मुलुकी अपराध संहिता ऐनले दुरुत्साहन गर्नेलाई पनि कारबाहीको भागेदारी बनाउँछ। ऐनको दफा १८५ मा आत्महत्या गर्न कसैले कसैलाई दुरुत्साहन गरे कारबाही हुने व्यवस्था छ।

दुरुत्साहित गरेको प्रमाणित भए ऐनको दफा १८५ अनुसार अधिकतम पाँच वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिवाना वा दुवै हुने व्यवस्था छ। प्रहरीले सविताका श्रीमान् र ससुरा दुवैलाई नियन्त्रणमा लियो। जिल्ला अदालत चितवनमा मुद्दा पुग्यो। केही दिनअघि जिल्ला अदालतले सविताका श्रीमान् र ससुरालाई धरौटीमा रिहा गरेको छ। उनीहरुले १ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका छन्। मुद्दा अदालतमा नै विचारधीन नै रहेको छ।

'मान्छेको ज्यान गएको छ। त्यसरी उनीहरु छुट्दा एकदमै चित्त दुख्यो,' बहिनी सजनीले सुनाइन्।

तर, केही दिन यता सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भइरहेको छ। टिकटक तथा युट्युबमा समेत सवितालाई न्याय भन्दै आवाज उठिरहेको छ। हत्या नै भएको भन्दै विभिन्न खाले टिकटक बनिरहेको छ। यस्तो हुनुको एउटै कारण हो - केही दिनदेखि समाजिक सञ्जालमा भाइरल भएको भिडियो।

@pratikma3

##Justice for Sabita Bandari 😭😭#@yunakarky @nab.eena14 @shreyakhadka69 @surakshadahal22 @ellenapabiadhikari168

♬ original sound - 😈AbiGorㅡAsmit😈

भिडियो सविताले मर्नुभन्दा केही महिनाअघि रेकर्ड गराएकी थिइन्। ससुराले आफूलाई यौन दुर्व्यवहार गर्ने गरेको पुष्टि हुने खालको छ - भिडियो। त्यो त्यही भिडियो हो जुन सविताले काठमाडौंको कोटेश्वरमा बस्ने आफ्नी बहिनीलाई समेत पठाएकी थिइन्। त्यही भिडियोमा देखिएको दुर्व्यवहारको दृश्यले पनि सवितालाई आत्महत्याका लागि दुरुस्साहित गरेको त होइन?

'मानिस जीवित भएको भए यौन दुर्व्यवहारमा मुद्दा चल्ने थियो। मानिस नै रहेपछि दुरुत्साहन गर्ने देखिएकाले अदालतसम्म उनीहरुलाई टेकाएका हौं,' एसपी अधिकारीले भने।

@bidhyakandelbaglungk8

###justiceforsabitabhandari justice for us 🙏

♬ original sound - #justiceforsabitabhandaari🙏

सविता र घरपरिवार बिच केही समयदेखि नै विवाद भइरहेको थियो। जुन कुरा माइती पक्षले समेत थाहा पाएका थिए। परिवारमा सहज भएर बस्न नसकेको भन्दै सविता केही महिना चितवनबाट कोटेश्वर आएर समेत बसेकी थिइन्। बच्चालाई चितवनमा छोडर आएकी उनी केही महिना अघिमात्र पुन: चितवन फर्केकी थिइन्।

'डिभोर्स दिने र बच्चासमेत आमासँग राख्न दिने भनेपछि दिदी चितवन गएकी हो। तर, उहाँ गएपछि धम्की दिनेलगायत काम गरेको हो,' सजनीले सुनाइन्।

जिल्ला अदालतबाट सविताका श्रीमान् र ससुरा छुटेपछि माइती पक्षले छोरीले न्याय नपाएको आवाज उठाउँदै आएका छन्। भलै मुद्दा किनारा लागिसकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell