PahiloPost

Apr 18, 2024 | ६ बैशाख २०८१

सुदुरपश्चिममा केन्द्रको ह्विप उल्लंघनको तयारीमा माधव नेपाल समूह



एम बम

सुदुरपश्चिममा केन्द्रको ह्विप उल्लंघनको तयारीमा माधव नेपाल समूह

कैलाली : नेकपा(माओवादी केन्द्र) नेतृत्वको सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले आज विश्वासको मत लिँदै छन्। अहिले ९ बजेका लागि प्रदेश सभा बैठक तोकिए पनि विश्वासको मत लिनुअघि दलहरुको बैठक जारी छ।

माधव नेपाल पक्षका सांसदहरुको बैठकले एमाले केन्द्रको ह्विप उल्लंघनको तयारीमा छन्। एमाले केन्द्रले नेपाल पक्षका १५ जनालाई कारवाही गरेको थियो भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो। एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका थिए। यता नेपाली कांग्रेसको बैठक भने जारी छ।

बाउन्न प्रदेशसभा सदस्य रहेको सुदूरपश्चिम प्रदेशमा मुख्यमन्त्रीलाई विश्वासको मत प्राप्त गर्न २७ मत आवश्यक पर्छ। अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुखबाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन्।    

एमालेका २४ मतदातामध्ये कारवाहीमा परेका १५ र संस्थापन पक्षमा नौ सदस्य छन्। माधव नेपाल पक्षका सदस्यले फ्लोर क्रस गरी मुख्यमन्त्री भट्टका पक्षमा मतदान गरे विश्वास प्राप्त गर्नेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell