PahiloPost

May 15, 2025 | २ जेठ २०८२

बोराभित्र पराल, परालभित्र मान्छेको एउटा खुट्टा : यस्तो देखियो बौद्धस्थित घटनास्थल

बोराभित्र पराल, परालभित्र मान्छेको एउटा खुट्टा : यस्तो देखियो बौद्धस्थित घटनास्थल

प्रवीण रानाभाट/पहिलोपोस्ट


काठमाडौं : काठमाडौंको बैद्धस्थित नयाँ बस्तीमा भेटिएको शंकास्पद बोराभित्र जलाएको अवस्थामा मानिसको खुट्टामात्र भेटिएको छ। आज बिहान फ्यालिएको अवस्थामा प्रहरीले बोरा फेला पारेको थियो।

बिहान ७ बजेतिर स्थानीयले शंकास्पद बोरा देखेपछि प्रहरीलाई खबर गरेका थिए। उक्त बोरामा शव हुनसक्ने आशंकामा प्रहरीले उक्त स्थान सिल गरी जाँच गरेको थियो। बोरा जाँच गर्ने क्रममा परालभित्र जलाएको अवस्थामा खुट्टामात्र भेटिएको प्रहरीले जनाएको छ।

उक्त शव एक दुई हप्ता पुरानो हुनसक्ने अनुमान प्रहरीले गरेको छ। घटना अन्यत्रै घटाएर यहाँ बोरा फाल्न आएको हुन सक्ने प्रारम्भिक अनुमान गरिएको काठमाडौं प्रहरी प्रमुख अशोक सिंहले जानकारी दिए।

काठमाडौं महानगरपालिका वडा नम्बर ६ मा रहेको घटनास्थल दिव्य पार्टी प्यालेस नजिकै ६-७०० मिटरभित्र पर्छ। घटनाबारे थप अनुसन्धान जारी रहेको सिंहले बताए। महानगरीय प्रहरी परिसर काठमाडौं, महानगरीय अपराध महाशाखा अनुसन्धानमा लागि परेको छ। उक्त शवको अंश पुरुषको हो वा महिलाको पत्ता लाग्न सकेको छैन। यसका लागि डिएन परीक्षण गरिने र थप अनुसन्धानपछि मात्र खुल्ने प्रहरीले जनाएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell