PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

एमालेका सात सांसदले गरे फ्लोर क्रस, सुदूर पश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत



एम बम

एमालेका सात सांसदले गरे फ्लोर क्रस, सुदूर पश्चिमका मुख्यमन्त्री भट्टलाई विश्वासको मत

धनगढी : सुदूर पश्चिम प्रदेशको मुख्यमन्त्री त्रिलोचन भट्टले विश्वासको मत पाएका छन्। आज बिहान प्रदेशसभामा भएको मतदानमा ५१ जना प्रदेश सांसद सहभागी भएका थिए।

मुख्यमन्त्रीको पक्षमा ३० जनाले मतदान गरे भने उनको विपक्षमा ९ मतमात्र पर्‍यो। १२ जना प्रदेश सांसद तटस्थ बसे। प्रतिपक्षमा रहेको नेपाली कांग्रेसले मुख्यमन्त्री भट्टलाई साथ दिएको थियो। आजको निर्वाचनमा प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पक्षधर ७ जना सांसदले फ्लोर क्रस गरेका थिए। 

पठान सिंह बोहरा, लीलाधर भट्ट, गेल्बु सिङ बोहरा, रतन थापा, माया तामा बोहरा, नेपालु चौधरी, बलदेव रेग्मीले फ्लोर क्रस गरेका हुन्। 

अहिले प्रदेशसभामा सबैभन्दा ठूलो दल एमालेका सभामुख बाहेक २४, माओवादीका १३, कांग्रेसका १२ र जनता समाजवादी पार्टी नेपालका दुई जना छन्।     

प्रधानमन्त्री समेत रहेका एमाले अध्यक्ष ओलीले सुदूर पश्चिममा नेपाल पक्षका १५ जनालाई कारवाही गरेको थियो भने विपक्षमा मतदान गर्न ह्विप जारी गरेको थियो।

एमालेका प्रदेश अध्यक्ष कर्ण थापा र सचिव राजेन्द्र रावलले संसदीय दलका नेता प्रकाशबहादुर शाह र प्रमुख सचेतक दुर्गा विकलाई विपक्षमा मतदान गर्नका लागि ह्विप जारी गर्न निर्देशनसहित पत्र पठाएका थिए। 

माधव नेपाल पक्षका सांसदहरुको बैठकले एमाले केन्द्रको ह्विप उल्लंघन गर्ने निर्णय गरेको थियो। सुदुर पश्चिम प्रदेश एमाले संसदीय दलकी प्रमुख सचेतक दुर्गा विकले मुख्यमन्त्री भट्टकै पक्षमा मतदान गर्ने संसदीय दलबाट निर्णय भएको जानकारी दिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell