PahiloPost

Jul 27, 2024 | १२ साउन २०८१

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलास बुधवार बस्ने, न्यायाधीशद्वय कार्की र भट्टराईले बेन्चमै आदेश सुनाउने



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्ने संवैधानिक इजलास बुधवार बस्ने, न्यायाधीशद्वय कार्की र भट्टराईले बेन्चमै आदेश सुनाउने

काठमाडौं : प्रतिनिधिसभा विघटन सम्बन्धी मुद्दा हेर्न गठित संवैधानिक इजलास बुधवार बस्ने भएको छ।

प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जबरा बिरामी भएपछि सोमवारदेखि स्थगित इजलास बुधवारका लागि तय भएको सर्वोच्च अदालतका प्रवक्ता देवेन्द्र ढकालले जानकारी दिए।

संवैधानिक इजलासमा प्रतिनिधिसभा विघटनसम्बन्धी मुद्दाको सुनुवाइ बुधवारका लागि तय भएको उनले बताए।

आइतवार ४ जना निवेदकसहित सरकारी पक्षले इजलासका न्यायाधीशद्वय दीपककुमार कार्की र आनन्दमोहन भट्टराईमाथि प्रश्न उठाउँदै बाहिरिनुपर्ने माग गरेका थिए। आफूमाथि प्रश्न उठेपछि इजलासमा बस्ने कि नबस्ने निर्णय आदेश सोमवार सुनाउने तय भए पनि इजलास स्थगित हुँदा प्रभावित भयो। बुधवार बस्ने इजलासमै दुवैले आफ्नो आदेश सुनाउने बताइएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell