PahiloPost

May 14, 2026 | ३१ बैशाख २०८३

भारतमा बालबालिकाको लागि कोरोनाविरुद्ध खोपको परीक्षण सुरु



पहिलोपोस्ट

भारतमा बालबालिकाको लागि कोरोनाविरुद्ध खोपको परीक्षण सुरु
Photo Credit: EPA

दिल्लीको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा सोमवारदेखि बालबालिकाको लागि कोरोना भाइरसविरुद्धको भ्याक्सिन ‘कोभ्याक्सिन’को परीक्षण सुरु भएको छ। उक्त भ्याक्सिनको क्लिनिकल ट्रायलो स्क्रिनिङ थालिएको हो। पहिलो चरणका लागि १२ देखि १८ वर्ष उमेर समूहका केही बालबालिकाको स्वास्थ्य जाँच गरिएको छ।

एम्स (पटना) का मेडिकल सुपरिटेन्डेन्ट प्रोफेसर सीएम सिंहका अनुसार चरणमा अस्पतालमा तीन बालबालिकालाई भ्याक्सिन दिइएको छ। भारतभर हालसम्म कुल २५ जना बालबालिकालाई भ्याक्सिन दिएर उनीहरूको स्वास्थ्य अवस्थालाई निगरानीमा राखिएको छ।

अमेरिका, क्यानडा, ब्रिटेन, सिंगापुर र संयुक्त अरब एमिरेटले भने बालबालिकाको लागि खोपको अनुमति दिइसकेको छ। चीनमा पनि हालै तीन वर्षभन्दा माथि उमेर समूहका बालबालिका एवं किशोर किशोरीलाई खोप लगाउने अनुमति दिइएको छ।

फाइजर र मडेर्नाजस्ता कम्पनीले पनि बालबालिकामा परीक्षण पूरा गरिसकेका छन्।

भारतको नीति आयोगका डाक्टर वीके पलका अनुसार त्यहाँ कोभ्याक्सीनसँगै जायडस नामको भ्याक्सिनको पनि बालबालिकामा परीक्षण भइरहेको छ।  

बीबीसी हिन्दीका अनुसार संक्रमणको तेस्रो लहर आउने आशंकासँगै अभिभावकले बालबालिकाका लागि खोपबारे प्रश्न गरिरहेका छन्। आइसीएमआरका पूर्व महानिर्देशक डाक्टर गांगुलीका अनुसार बालबालिकामा परीक्षण भइरहेको पनि पहिले १८ वर्ष माथिकालाई दिएकै भ्याक्सिन हो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell