काठमाडौं : पूर्वमन्त्री एवं एमालेबाट निष्कासन गरिएका नेता डा भीम रावलले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीबाट नैतिकता सिक्न सुझाएका छन्।
पार्टीको संस्थापन पक्षको ह्वीप उल्लंघन गरी माधव नेपाल समूहले विश्वासको मत दिएर माओवादीका मुख्यमन्त्री त्रिलोचन भट्टको पद जोगाइदिएका बेला रावलले राजनीतिक नैतिकताको शिक्षा लिन संस्थापन (अध्यक्ष केपी ओली) पक्षलाई सुझाएका हुन्।
विश्वासको मत प्राप्त गरेका भट्टलाई बधाई दिँदै रावलले भनेका छन्, ‘विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?’
सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मत लिनुपर्ने कुरा जेठ २१ गते उठेपछि जेठ २५ गते नै विश्वासको मत लिने प्रस्ताव गरी सभाको विश्वास प्राप्त गर्नुभएकोमा मुख्यमन्त्री त्रिलोचन भट्टजीलाई हार्दिक बधाई! विधि, विधान र पद्धति मिच्नेहरूले उहाँबाट राजनीतिक नैतिकताको केही शिक्षा लिने कि?
— Dr. Bhim Rawal (@BhimRawal179) June 8, 2021
