PahiloPost

Jul 6, 2024 | २३ असार २०८१

रिया चक्रवर्ती २०२० को 'मोस्ट डिजाइरेबल वुमन'



पहिलोपोस्ट

रिया चक्रवर्ती २०२० को 'मोस्ट डिजाइरेबल वुमन'

अभिनेता सुशान्त सिंह राजपूतको मृत्युपछि उनकी प्रेमिका रिया चक्रवर्ती निकै चर्चामा आइन्। अभिनेत्री रियालाई सुशान्तको आत्महत्यासँग जोडियो। वर्षभरि नै सामाजिक सञ्जाल र मिडियाले विवादमा तान्यो उनलाई।

कामको अवसर कम हुँदै गयो। कति समय त हिरासतमा बिताइन्। उनको करियरमा त प्रभाव पर्‍यो नै। साथै इज्जत र चरित्रमाथिको प्रश्न नि सामना गर्नुपर्‍यो। सन् २०२० उनको लागि करियरकै खराब वर्ष साबित भयो। तर पनि उनले संयमित भएर हरेक अवस्थाको सामना गरिन्। नतिजा स्वरुप चक्रवर्ती २०२० कै 'मोस्ट डिजाइरेबल वुमन'  घोषित भएकी छिन्।

टाइम्स अफ इन्डिया ग्रुपले मनोरञ्जन क्षेत्रका ५० जना महिलालाई लिएर गरेको सर्वेक्षणमा रिया चक्रवर्ती पहिलो स्थानमा परेकी हुन्। अनलाइन पोल र आन्तरिक जुरीको निर्णयको आधारमा उक्त घोषणा भएको हो।

बलिउडका स्टार दीपिका पादुकोन, कट्रिना कैफ आदिलाई पछि पारेकी छिन्।

रिया यतिबेला चार्जसिटमा दिएको बयानका कारण पनि चर्चामा छिन्। उनले सुशान्तलाई सारा अलि खान र आफ्नै दिदीले ड्रग्सको आदत लगाएको दाबी गरेकी छिन्।  



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell