PahiloPost

May 11, 2024 | २९ बैशाख २०८१

२७ गते विश्वासको मत लिँदै मुख्यमन्त्री गुरुङ



पहिलोपोस्ट

२७ गते विश्वासको मत लिँदै मुख्यमन्त्री गुरुङ

पोखरा : गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले जेठ  २७ गते विश्वासको मत लिने प्रस्ताव संसद सचिवालयमा दर्ता भएको छ। 

विश्वासको मत लिनुभन्दा २ दिन अगवै संसद सचिवालयमा जानकारी गराउनुपर्ने प्रावधान अनुसार मुख्यमन्त्रीले २७ गते विश्वासको मत लिने पत्र सचिवालयमा पठाएका हुन् । मुख्यमन्त्री गुरुङले पठाएको पत्र सचिवालयमा दर्ता भएर विश्वासको मत लिनेबारे सूचना सार्वजनिक गरिएको छ। 

वैशाख २९ गते प्रदेश प्रमुख सीताकुमारी पौडेलबाट  ठूलो दलको नेताका हैसियतले मुख्यमन्त्री नियुक्त भएका मुख्यमन्त्री गुरुङले १ महिनाभित्र विश्वासको मत लिनुपर्ने बाध्यात्मक परिस्थिति छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell