PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

विश्वका प्रमुख मिडिया वेबसाइटहरू अवरुद्ध



पहिलोपोस्ट

विश्वका प्रमुख मिडिया वेबसाइटहरू अवरुद्ध

फाइनान्सियल टाइम्स, न्यु योर्क टाइम्स र ब्लूमबर्ग न्यूजलगायत समाचार आउटलेटले संचालन गरेका केही वेबसाइटहरू मंगलबार अवरुद्ध भएका छन्।

सीएनएन र फ्रान्सको ले मोन्डेको साइटमा पनि दिउँसो त्रुटिपूर्ण सन्देशहरू देखाएको थियो। त्यस्तै अल जजीरा मिडिया नेटवर्क पनि प्रभावित भएको अल जजीरामा जनाइएको छ

अमेजनको रिटेल वेबसाइटले पनि प्राविधिक त्रुटीको सामना गर्नु परेको देखिन्थ्यो।

बेलायतको पत्रिका गार्जियनले पनि त्यसको वेबसाइट र एप्लिकेसनमा समस्या भइरहेको जनाएको छ। केही अन्य बेलायती मिडियाको साइटहरू पनि तुरून्त लोड भइरहेको थिएन। तत्काल बेलायत सरकारको मुख्य वेबसाइट पनि उपलब्ध थिएन।

के कारणले ती वेबसाइटहरूमा असर पर्‍यो भन्नेबारे हालसम्म कुनै जानकारी उपलब्ध छैन।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell