PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

श्रृङ्खला खतिवडाको अनुरोध : कोरोनाविरुद्ध लडाईमा नेपाललाई 'मिस वर्ल्ड'को साथ



पहिलोपोस्ट

श्रृङ्खला खतिवडाको अनुरोध : कोरोनाविरुद्ध लडाईमा नेपाललाई 'मिस वर्ल्ड'को साथ

काठमाडौं : कोरोना भाइरस महामारी दोस्रो लहरको मारमा परेको नेपाललाई मिस वर्ल्ड आयोजक संस्थाले सहयोग उपलब्ध गराएको छ। त्यसका लागि मिस नेपाल २०१८ की विजेता श्रृङ्खला खतिवडाले पहल गरेकी हुन्।

सन् २०१८ को मिस वर्ल्ड प्रतियोगितामा श्रृङ्खलाले 'ब्यूटी विद पर्पोस'को उपाधि जितेकी थिइन्। त्यतिखेर उनले एक आर्किटेक्ट इन्जियरको हैसियतले नेपालका दूर्गम क्षेत्रमा स्वास्थ्य संस्थाका लागि भवन डिजाइन र निर्माण गर्ने बताएकी थिइन्।

सन् २०२० मा मिस वर्ल्डकी अध्यक्ष जुलिया मोर्ले नेपाल भ्रमणमा आएकी थिइन्। त्यतिबेला उनले ब्युटी विद पर्पोस विधाको लागि श्रृङ्खलाको परियोजनालाई २० हजार अमेरिकी डलर प्रदान गरेकी थिइन्। उक्त रकमको प्रयोग अगावै विश्वभर कोभिड-१९ को महामारी फैलियो। र, त्यस रकम स्टकमा रहेको थियो।

संक्रमणको दोस्रो लहरमा देश आक्रान्त भएपछि श्रृङ्खलाले प्राप्त रकमको केही अंश महामारी नियन्त्रण गर्न र अभाव कम गर्न प्रयोग अनुमति मागेकी थिइन्। उनको आग्रहलाई मिस वर्ल्ड अर्गनाइजेसनले स्वीकार्‍यो। अनुमति प्राप्त २ लाख ५० हजार रुपैयाँ श्रृंखला खतिवडाले 'हामी नेपाल' नामक सामाजिक संस्थालाई सहयोग गरेकी हुन्।

प्रदान गरिएको उक्त रकम अक्सिजन कन्सनट्रेटर र अक्सिजन सिलिन्डर खरिदका लागि प्रदान गरिएको जनाइएको छ।

हामी नेपालको नेतृत्व गरिरहेका सुदन गुरुङका अनुसार उक्त रकम धादिङ एवं सिन्धुपाल्चोकका स्वास्थ्य चौकीमा अक्सिजन पुर्‍याउनका लागि खर्च गरिनेछ। भने,'अभियानलाई प्राप्त यस सहयोगका लागि श्रृङ्खला जी एवं मिस वर्ल्डप्रति कृतज्ञ छौं। यो साथ हाम्रो लागि प्रेरणा हो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell