PahiloPost

May 3, 2024 | २१ बैशाख २०८१

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङको पहिलो उद्घाटन: मापदण्डभन्दा बढी भेला गरी माइकिङ कार्यक्रमको सुरुवात



पहिलोपोस्ट

नवनियुक्त स्वास्थ्यमन्त्री तामाङको पहिलो उद्घाटन: मापदण्डभन्दा बढी भेला गरी माइकिङ कार्यक्रमको सुरुवात

काठमाडौं: सरकारले कोभिड-१९ महामारी नियन्त्रणका लागि निषेधाज्ञा लगाएको छ। स्वास्थ्य मापदण्ड लागू गरेको छ। जन्तीका लागिसमेत ८ जना ब्यक्तिभन्दा बढी जान नपाउने निर्देशन जारी गरेको छ।

कोभिड-१९ को दोस्रो लहरसँग देश जुधिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले स्वास्थ्य मन्त्रालयको नेतृत्व परिवर्तन गरे। माधव नेपाल समूहमा रहेका शेरबहादुर तामाङलाई आफूतिर भित्राउँदै एमाले कार्यालयको सचिवको पद दिए। त्यति मात्रले नपुगेर स्वास्थ्य मन्त्रालयको जिम्मेवारीसमेत सुम्पिए।

स्वास्थ्यमन्त्री भएको चार दिनपछि तामाङले पहिलो उद्घाटन गरे। स्वास्थ्यमन्त्री, कोभिड-१९ को महामारी, अस्पताल नै पो उद्घाटन गरे कि? अहँ होइन्। माइकिङ कार्यक्रमको उद्घाटन। कार्यक्रम नराम्रो पक्कै होइन। कोभिड-१९ विरुद्ध सचेतना जगाउनका लागि टोलटोलमा माइकिङ गर्नु राम्रै हो।

तर, मोटरसाइकलमा स्पिकर राखेर चोक चोकमा माइकिङ गर्दै हिँड्ने केहीलाई स्वास्थ्य सामाग्री वितरण गर्दै अभियानको उद्घाटन गर्न मानिसको भीड जम्मा गर्नु चाहिँ सरकारको लकडाउन निर्देशिका विरुद्ध भने थियो। नेपाल स्काउटको गोकर्णेश्वर नगर समितिले कोभिड-१९ विरुद्धको एसएमएस अभियान चलाउन प्रमुख अतिथि बोलायो स्वास्थ्य मन्त्री तामाङलाई। कार्यक्रम उद्घाटन गर्न पुगे मन्त्री। मन्त्री आउने भए पछि बौद्ध जोरपाटी क्षेत्रमा भेला भए स्थानीय सर्वसाधरण पनि।

कार्यक्रममा मन्त्री तामाङले सरकारले सबै नागरिकका लागि कोभिड–१९ विरुद्धको खोपको व्यवस्थापनका लागि प्रयत्नरत रहेको बताए। खोप ल्याउने क्रम जारी रहेको भन्दै उहाँले उमेर समूह अनुसार क्रमशः खोप दिँदै जाने जानकारी दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell