PahiloPost

Jun 24, 2021 | १० असार २०७८

४९ किलो गाँजासहित तीन जना पक्राउ



पहिलोपोस्ट

४९ किलो गाँजासहित तीन जना पक्राउ

वीरगंज : बारा प्रहरीले लागुऔषध गाँजा ओसारपसार गर्ने तीन जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा पर्साको सखुवा पर्सौनी गाउँपालिका-१ औराह टोल बस्ने ३९ वर्षीय अमीरका पासवान, ५६ वर्षीय रमेश चौधरी र ३७ वर्षीय राज कुमार ठाकुर रहेका छन्।

पूर्व सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो शाखा कार्यालय वीरगंज र जिल्ला प्रहरी कार्यालय बाराबाट खटेको संयुक्त प्रहरी टोलीले उनीहरुलाई बाराको महागढीमाई नगरपालिका-२ इनर्वा चौकबाट नियन्त्रणमा लिएको थियो। बारा प्रहरीका प्रवक्ता डीएसपी गौतम मिश्रका अनुसार तीनै जनालाई सोमवार दिउँसो डेढ बजे इनर्वा चोकबाट गाँजा अटोमा राखेर तेलकुवातर्फ जाँदै गरेको अवस्थामा पक्राउ गरिएको थियो।

ना २ ह ६१०६ नम्बरको कालो रङको अटो रिक्सामा सवार चौधरी र ठाकुरको साथबाट ७ वटा पोकामा रहेको ४९ किलोग्राम गाँजा बरामद गरिएको डीएसपी मिश्रले बताए। उनीहरुसँगै रहेको एउटा अनटेस्ट पल्सर मोटरसाइकल र त्यसमा सवार पासवानलाई पनि प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई हिरासतमा राखेर लागुऔषध मुद्दामा थप अनुसन्धान भइरहेको डीएसपी मिश्रले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell