PahiloPost

May 18, 2024 | ५ जेठ २०८१

चुरे दोहन रोक्न वीरगंजमा नेविसंघको विरोध प्रदर्शन, ‘चुरे हाम्रो माई हो, यसलाई जोगाउने हाम्रो लडाइँ हो’



पहिलोपोस्ट

चुरे दोहन रोक्न वीरगंजमा नेविसंघको विरोध प्रदर्शन, ‘चुरे हाम्रो माई हो, यसलाई जोगाउने हाम्रो लडाइँ हो’

वीरगंज : नेपाल विद्यार्थी संघ ठाकुरराम ईकाई समितिले चुरे संरक्षणको माग गर्दै प्रदर्शन गरेको छ। मंगलवार ठाकुरराम क्याम्पसको मूलगेटमा विरोध प्रदर्शन गर्दै उनीहरुले आर्थिक वर्ष २०७८/७९ को बजेटबाट चुरे  दोहनकर्तालाई सरकारले प्रोत्साहन गरेको आरोप लगाए।

नेविसंघका ईकाई अध्यक्ष मनोज कुमार साहको नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘चुरे बचाऊ, देश जोगाऊ’, ‘चुरेको व्यापार राष्ट्रघाती कदम हो’, ‘चुरेको माटो चुरेलाई सफा पानी सबैलाई’, ‘ढुंगा गिट्टीको नाउँमा देश बेच्न पाइदैन’, ‘चुरे हाम्रो माई हो, यसलाई जोगाउने हाम्रो लडाइँ हो’ जस्ता नारा लगाउँदै प्रदर्शन गरेका थिए।

अध्यक्ष साहले सरकारको यो निर्णय राष्ट्रघाती भएको भन्दै आफूहरू विरोधमा उत्रिएको बताए। चुरे दोहनबाट व्यापार घाटा न्यूनीकरण गर्ने सरकारको योजनाले मधेसलाई मरूभूमीकरण गर्ने उनको भनाइ छ।

पछिल्लो समय भइरहेको निरन्तरको चुरे दोहनले मधेसमा पानीका मुहानहरू सुक्दै गइरहेको अवस्थामा सरकारको यो निर्णयले मधेसमा पानीको चरम अभाव सृजना गर्ने उनको तर्क छ। प्रर्दशनमा शेष हजरा, बिटटु पटेल, शेखर गुप्ता, अभिनाष गुप्ता, प्रिंस तिवारीलगायतकाहरूको सहभागिता रहेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell