PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

एमालेका दोस्रो तहका नेता फेरि जुटे संवादमा, के अझै एकता सम्भव छ?



पहिलोपोस्ट

एमालेका दोस्रो तहका नेता फेरि जुटे संवादमा, के अझै एकता सम्भव छ?

काठमाडौं: नेकपा (एमाले) का दोस्रो तहका नेताहरु फेरि छलफलमा जुटेका छन्। प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल/झलनाथ खनाल समूहका नेता छलफलमा जुटेका हुन्। ओली निकट एक नेताका अनुसार ललितपुरको समिट होटलमा दुबै समूहका ४/४ जना छलफलमा जुटिरहेका छन्।

ओली समूहका तर्फबाट सुवास नेम्वाङ, प्रदीप ज्ञवाली, विष्णु पौडेल र विष्णु रिमाल सहभागी छन्।  नेपाल समूहका तर्फबाट घनश्याम भुसाल,  सुरेन्द्र पाण्डे, योगेश भट्टराई र गोकर्ण विष्ट सहभागी छन्।

एमाले एकतका लागि भन्दै ओलीले आइतबार ६ बुँदे प्रस्ताव गरेका थिए। सोमबार नेपाल समूहले ओलीको उक्त प्रस्तावलाई अस्वीकार गरेको थियो। नेपाल समूहले पनि ६ बुँदामै जवाफ दिँदै प्रतिनिधिसभा विघटनको निर्णय फिर्ता लिएमा मात्रै ६ बुँदे प्रस्ताव मान्न सकिने शर्त राखेको छ।

पार्टी फुटकै डिलमा पुगेको भए पनि नेपाल र ओली समूहका दोस्रो तहका नेताहरु भने अझै एकता कायम गर्न सकिने भन्दै संवाद गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell