PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

फ्रान्सको फराकिलो जित



पहिलोपोस्ट

फ्रान्सको फराकिलो जित
Getty Images

युरोकपको तयारीमा रहेको फ्रान्सले गएराति सम्पन्न मैत्रीपूर्ण खेलमा बुल्गेरियामाथि सहज जित निकालेको छ। स्टेड डी फ्रान्स स्टेडीयममा सम्पन्न खेलमा घरेलु टोलीले बुल्गेरियामाथि ३-० को सहज जित निकालेको हो।

घरेलु टोलीले खेलको २९ औं मिनेटमा एन्टोनी ग्रिजमनको उत्कृस्ट एक्रोब्याटिक गोलसँगै खेलमा अग्रता बनाएको थियो। फ्रान्सका लागि दोस्रो हाफमा ओलिभर जिरुडले दुई गोल थपे। उनले खेलको ८३ र ९० औं मिनेटमा गोल गरेका थिए।

त्यस्तै गएराति नै सम्पन्न अर्को मैत्रीपूर्ण खेलमा पोल्याण्ड र आइसल्याण्ड बराबरीमा रोकिँदा स्पेनको यू २१ टोलीले लिथुआनियामाथि ४-० को सहज जित निकालेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell