PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना



पहिलोपोस्ट

अग्रता जोगाउन नसक्दा बराबरीमा रोकियो अर्जेन्टिना

विश्वकप क्वालिफायर्स अन्तर्गतको दक्षिण अमेरिकी छनोटको आज बिहान सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया बराबरीमा रोकिएका छन्। कोलम्बियास्थित स्टेडियो मेट्रोपोलिटानोमा सम्पन्न खेलमा अर्जेन्टिना र कोलम्बिया २-२ को बराबरीमा रोकिएका हुन्।

खेलको तेस्रो मिनेटमै क्रिस्टियन रोमेरोले अर्जेन्टिनालाई अग्रता दिलाएका थिए। त्यस्तै ८ औं मिनेटमा नै लिओनार्दो परेडेसले गोल थप्दा पहिलो हाफमा अर्जेन्टिना दुई गोलले अघि रह्यो। दोस्रो हाफमा भने घरेलु टोली पुनरागन गर्न सफल रह्यो।

खेलको ५१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसर सदुपयोग गर्दै लुईस फर्नान्डोले कोलम्बियाको खाता खोले। त्यस्तै खेलको इन्ज्युरी समयमा मिगुएल बोर्जाले गोल गर्दा खेल २-२ को बराबरीमा टुंगियो।

त्यस्तै आज बिहाननै सम्पन्न अर्को खेलमा भेनेजुएला र उरुग्जे गोलरहित बराबरीमा रोकिए।

बराबरीसँगै ६ खेलबाट १२ अंक जोडेको अर्जेन्टिना दोस्रो स्थानमा छ भने ८ अंक जोडेको कोलम्बिया पाँचौं स्थानमा छ। त्यस्तै त्यस्तै ८ अंक जोडेको उरुग्वे चौथो स्थानमा र ४ अंक जोडेको भेजुएला ९ औं स्थानमा छन्। तालिकाको शीर्षस्थान रहेको ब्राजिल पाराग्वेसँग प्रतिस्पर्धा गरिरहेको छ। पहिलो हाफ सकिँदा ब्राजिलले एक गोलको अग्रता बनाएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell