PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

पाराग्वेमाथि ब्राजिलको जित



पहिलोपोस्ट

पाराग्वेमाथि ब्राजिलको जित

विश्वकप छनोट अन्तर्गत दक्षिण अमेरिकी छनोट अन्तर्गत आज सम्पन्न खेलमा ब्राजिलले पाराग्वेमाथि जित निकालेको छ। पाराग्वेमा सम्पन्न खेलमा ब्राजिलले घरेलु टोलीमाथि २-० को गोलअन्तरले जित निकालेको हो।

खेलको चौथो मिनेटमा नेइमारको गोलमा अग्रता बनाएको ब्राजिल पहिलो हाफमा एक गोलले अघि रह्यो। त्यस्तै इन्ज्युरी समयमा ब्राजिलका लुकास पक्वेटाले गोल थप्दा ब्राजिलले २-० को जित निकालेको हो।

जितसँगै ब्राजिलले समूहमा ६ अंकको अग्रता बनाएको छ। शीर्षस्थानको ब्राजिलले ६ खेलबाट १८ अंक जोडेको छ भने दोस्रो स्थानमा रहेको अर्जेन्टिनाले समान खेल खेलेर १२ अंक जोडेको छ। आजै सम्पन्न अर्को खेलमा अर्जेन्टिना कोलम्बियासँग बराबरीमा रोकिएको थियो। त्यस्तै पाराग्वे ७ अंक सहित ७ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell