PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

निषेधाज्ञामा पसल खोल्ने हार्डवेयर पसलका सञ्चालकदेखि पानी पुरी बेच्न समेत समातिए



पहिलोपोस्ट

निषेधाज्ञामा पसल खोल्ने हार्डवेयर पसलका सञ्चालकदेखि पानी पुरी बेच्न समेत समातिए

काठमाडौंः निषेधाज्ञाको समयमा पसल खोलेको भन्दै प्रहरीले १३ जनालाई नियन्त्रणमा लिएको छ।

जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले वीरगन्ज महानगरपालिकामा पसल खोलेको भन्दै उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा हार्डवेयर पसल सञ्चालकदेखि पानी पुरी पसल सञ्चालन गर्नेसम्म रहेका छन्।

कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणको लागि स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा उल्लङ्घन गरेपछि उनीहरूलाई निमन्त्रणमा लिएर कारबाही सुरु गरेको जिल्ला प्रहरी कार्यालय पर्साका डिएसपी ओमप्रकाश खनालले जानकारी दिए।

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell