PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

पेस्तोल र खुकुरी सहित दुई जना पक्राउ



पहिलोपोस्ट

पेस्तोल र खुकुरी सहित दुई जना पक्राउ

काठमाडौंः प्रहरीले पेस्तोल सहित दुई जना मानिसलाई नियन्त्रणमा लिएको छ।

मोरङको इलाका प्रहरी कार्यालय बेलबारीबाट खटिएको टोलीले कटुवा पेस्तोल र राइफलको गोली सहित उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेहरूमा केराबारी गाउँपालिका वडा नम्बर ९ देवी झोडा बस्ने ५१ वर्षीय गणेश लिम्बु र बेलबारी नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय पदम कुमार लिम्बु रहेका छन्।

सूचनाको आधारमा प्रहरीले गणेश लिम्बुको घरमा खानतलासी गर्ने क्रममा भान्सा कोठाबाट कटुवा पेस्तोल राइफलको गोली ५ वटा, गोली लोड गर्ने चाचर २ वटा, पेस्तोलको गोली एउटा फेला पारेको थियो। त्यस्तै उनकै घरमा पार्क गरेको पदम कुमार लिम्बुको को १ च ८३६८ नम्बर को कारमा खुकुरी एक वटा, चक्कु समेत फेला पारेको जिल्ला प्रहरी कार्यालय मोरङ डिएसपी मानबहादुर राईले जानकारी दिए।

हातहतियार तथा खरखजना कसुरमा म्याद थप गरेर अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell