PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार, निकालियो अक्सिजनको सहायताबाट



पहिलोपोस्ट

गायक दीप श्रेष्ठको स्वास्थ्यमा सुधार, निकालियो अक्सिजनको सहायताबाट

काठमाडौं : कोरोना संक्रमित गायक दीप श्रेष्ठको स्वास्थ्य अवस्थामा सुधार आएको छ। हाल उनलाई अक्सिजनको सहायताबाट बाहिर निकालिएको छ।

कोरोना संक्रमण पुष्टि भएको दुई सातापछि शरीरमा अक्सिजन लेभल कम देखियो र उनी ह्याम्स अस्पताल भर्ना भएका थिए।

अहिले उनको स्वास्थ्य अवस्थामा निकै सुधार आइसकेको ‘द भ्वाइस अफ नेपाल’का निर्देशक लक्ष्मण पौडेलले जानकारी दिए।

'उहाँलाई सामान्य वार्डमा सारिसकेको छ। आज अक्सिजनबिना नै बसिरहनु भएको छ। भोलि डिस्चार्ज हुने समेत कुरा छ,' पौडेलले पहिलोपोस्टसँगको कुराकानीमा बताए।

उनको स्वास्थ्य अवस्थामा सुधार आएपनि कोरोना रिपोर्ट पोजेटिभ नै देखिएको छ।

‘द भ्वाइस अफ नेपाल’ को पहिलो संस्करणदेखि नै उनी निर्णायकको रुपमा रहँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell