PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

चलचित्रकर्मीलाई छिट्टै खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता



पहिलोपोस्ट

चलचित्रकर्मीलाई छिट्टै खोप उपलब्ध गराउने स्वास्थ्य मन्त्रीको प्रतिबद्धता

काठमाडौं : गत शुक्रबार चलचित्रकर्मीलाई कोभिड-१९ विरुद्धको खोप लगाउन माग गर्दै चलचित्र विकास बोर्डले स्वास्थ्य मन्त्रालयलाई पत्र बुझायो। चलचित्र विकास बोर्डले ३ हजार नेपाली चलचित्रकर्मीलाई खोप प्रदान गर्नुपर्ने माग गरेको थियो।

यसैबिच आज बिहान स्वास्थ्यमन्त्री शेरबहादुर तामाङसँग भेट गर्दै चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहाल र सदस्य राज कटुवालले चलचित्रकर्मीलाई खोप उपलब्ध गराउन आग्रह गरेका हुन्। जुन मागप्रति स्वास्थ्यमन्त्री निकै सकरात्मक रहेको बोर्डका सदस्य तथा बोर्डको कोभिड-१९ व्यवस्थापन संयोजक राज कटुवालले जानकारी दिए।

'हामीले चलचित्रकर्मीका लागि खोप उपलब्ध गराउने बिषयमा निकै पहल गरेका छौं। स्वास्थ्य मन्त्रीज्यू यसमा निकै सकारात्मक हुनुहुन्छ। एक हप्ता वा १० दिनमा खोप उपलब्ध गराउने उहाँले प्रतिबद्धता जनाउनु भएको छ,' कटुवालले पहिलोपोस्टसँगको कुराकानीमा भने।

अहिले सरकारले चीनबाट आएको खोप ६० देखि ६५ बर्ष उमेरका मानिसहरुलाई लगाइरहेको छ। एक साता भित्र नयाँ खोप आउने र चलचित्रकर्मीलाई उपलब्ध गराउने कुरा भएको राज कटुवाल बताउँछन्।

खोप उपलब्ध गराएपछि शुरुमा पाका चलचित्रकर्मीहरूलाई विशेष प्राथमिकतामा राखिने समेत उनको तर्क छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell