PahiloPost

Dec 25, 2025 | १० पुष २०८२

गण्डकीका सांसद थापालाई पुनर्वहाली गर्ने आदेश खारेजीको माग सहित पुनरावलोकन निवेदन, भोलि पेशी



रिना थापा

गण्डकीका सांसद थापालाई पुनर्वहाली गर्ने आदेश खारेजीको माग सहित पुनरावलोकन निवेदन, भोलि पेशी

पोखरा : जनमोर्चाका गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापालाई पुनर्वहाली गर्न दिएको अन्तरिम आदेश खारेजीको माग गर्दै सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता भएको छ। निवेदन दर्ता भएको सर्वोच्च अदालतको रिट शाखाले जानकारी दिएको हो।

भोलि गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले विश्वासको मत लिँदैछन्। जनमोर्चा, प्रदेश सभामुख र प्रदेशसभा सचिवालयका  तीनवटा निवेदन सर्वोच्चमा परेको हो।  

जनमोर्चा सांसद पियारी थापाले सर्वोच्चमा निवेदन दिएकी हुन्। मुख्यमन्त्री पृथ्वीसुब्बा गुरूङ विरुद्धको नयाँ सरकार बनाउन सर्मथन नगरेका सांसद थापालाई पार्टीको नीति विपरीत रहेको भन्दै कारबाही गरेको थियो। 

जनमोर्चाले  २० गते संसद सचिवालयमा पार्टीको कुनै भूमिकामा नरहेको पत्र  दर्ता गराएसँगै थापा पदमुक्त भएका थिए। तर, पद खारेजीविरुद्ध थापा सर्वोच्च पुगे। सर्वोच्चले अन्तरिम आदेश जारी गर्दै उनलाई पुनर्स्थापित गरेको थियो। 
थापा विरुद्धको निवेदनमा भोलिका लागि पेशी तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell