PahiloPost

Sep 18, 2025 | २ असोज २०८२

१५ वटा हात्तीको १५ महिना लामो यात्रा, थाकेर सुस्ताएको तस्विर चर्चामा



पहिलोपोस्ट

१५ वटा हात्तीको १५ महिना लामो यात्रा, थाकेर सुस्ताएको तस्विर चर्चामा
Photo: China Central Television

चीनमा एसियाली हात्तीहरूको एक बथान यात्रामा छन्। उनीहरू हालसालै जंगलमा निदाइरहेको अवस्थामा भेटिए। भारी वर्षाले यात्रामा केही प्रभाव पारेपछि उनीहरू सियाङ टाउनसिप नजिकै सुस्ताएको देखिएका हुन्। सुस्ताएको बेला ड्रोनबाट खिचिएको तस्विर हाल छाएको छ।

१५ वटा हात्तीको बथानमा ३ वटा छावा छन्। युन्नान फरेस्ट फायर फाइटिङ ब्रिगेडका अनुसार एउटा मत्ता भने समूहबाट ४ किलोमिटर परै देखिन्छ।

१५ महिनादेखि उनीहरू आफ्नो बास्थानदेखि निरन्तर हिँडिरहेका छन्। पाँच सय किलोमिटर हिँडिसकेका उनीहरू खेत, गाउँ र शहर हुँदै यात्रा गरिरहेका छन्। यो बथानलाई चीनका अधिकारीहरूले कडा निगरानी गरिरहेका छन्।

Photo: China Central Television


स्थानीय सरकारले १४ वटा ड्रोन र लगभग पाँच सय जना खटाएर हात्तीको बगाललाई सुरक्षित राख्न खटाएको छ। खटेकाहरूले हात्तीलाई सडकहरू नजिक राख्न र दक्षिण-पश्चिमतिर डोर्‍याउने प्रयास गरिरहेको सीजीटीएनले रिपोर्ट गरेको छ।

यसअघि पनि उनीहरूलाई पुरानै ठाउँमा फर्काउने प्रयासहरू भए। तर, ती असफल रहे। हाल भने बथाननै दक्षिण-पश्चिम युन्नान प्रान्तको मेनग्यान्सी नेचर रिजर्भतर्फ फर्कन खोजेजस्तो देखिएको जनाइएको छ।

यी हात्तीहरूले लाखौं डलर बराबरको खेतीबाली खाँदै हिँडेका छन्। भवनहरू भत्काएका छन्। यात्राका क्रममा मानिसको ढोका र झ्यालमा सुँडले हिर्काएका छन्। लाखौं मानिस बसोबास गर्ने कुन्मिङ शहरमा समेत उनीहरू पुगे।

Photo: Reuters


यी हात्ती कहिले र किन आफ्नो बासस्थान छाडेर निस्किए यकिन छैन र यही विषय नै विश्वभरका मानिसको लागि उत्सुकताको विषय रहेको बीबीसीमा जनाइएको छ। कसैले उनीहरूको अपरिपक्व र अनुभव नभएको नेतृत्वकर्ताका कारण यात्रा अनिश्चित भएको बताएका छन्। केहीले भने नयाँ ठाउँको खोजीमा निस्किएको अनुमान गरेका छन्।

एसियन हात्ती लोपोन्मुख छ। चीनमा जम्मा तीन सय जंगली हात्ती छन्, विशेषगरी युन्नान प्रान्तमा।

वैज्ञानिकहरूका अनुसार पहिलो पटक जंगली हात्तीहरूले यति लामो यात्रा तय गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell