PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

सरकारको निर्णय विरुद्ध नाराबाजी, जलाइयो राजेन्द्र महतोको पुत्ला

सरकारको निर्णय विरुद्ध नाराबाजी, जलाइयो राजेन्द्र महतोको पुत्ला

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं : नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले सरकारको पछिल्ला निर्णय विरुद्ध प्रर्दशन गरेको छ।

पुतलीसडकस्थित शंकरदेव क्याम्पस अगाडि भेला भएका नेविसंघका नेता तथा कार्यकर्ताले राजेन्द्र महतोको पुत्ला दहन गरेका हुन्। महतोको पछिल्लो अभिव्यक्तिलाई लिएर पुत्ता दहन गरेका हुन्। उनीहरुले चुरे दोहन, मूल्यबृद्धि लगायतका विषयमा चर्का नारा लगाएका थिए। 

'चुरे दोहन, बन्द गर सास फेर्न गारो भयो, अक्सिजनमा कमी भयो।' लगायतका नारा लगाएका थिए।

प्रर्दशन गर्न पुगेका प्रहरीले उनीहरुलाई नियन्त्रणमा लिएको छ।



ट्रेन्डिङ पोस्ट

Ncell