PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकाभित्र मात्र ९ सय १५ जना थपिए



पहिलोपोस्ट

थप ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण,काठमाडौं उपत्यकाभित्र मात्र ९ सय १५ जना थपिए

काठमाडौंः पछिल्लो २४ घण्टामा देशभर ४ हजार ३ सय ४४ जनामा कोरोना संक्रमण पुष्टी भएको छ।

स्वास्थ तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता कृष्ण प्रसाद पौडेलले ४ हजार ३ सय ४४ जनामा सक्रमण भएको जानकारी दिएका हुन्। पिसिआर विधिबाट १२ हजार ७४ जना र एन्टिजेन विधिबाट ४ हजार ५ सय ६८ जनाको परीक्षण गरिएको थियो। त्यस्तै २४ घण्टामा कोरोना संक्रमणबाट ८१ जनाको मृत्यु भएको छ। ५ हजार ७ सय ६८ जना कोरोना संक्रमण मुक्त भएका छन्।

त्यस्तै काठमाडौं उपत्यकाभित्र ९ सय १५ जनामा संक्रमण पुष्टी भएको छ। भक्तपुरमा ८५ जना, ललितपुरमा १ सय ५१ जना र काठमाडौंमा ६ सय ७९ जनामा पोजेटिभ देखिएको प्रवक्ता पौडेलले जानकारी दिए। 

अहिले देशभर संक्रिय संक्रमितको सङख्या ८० हजार ३ सय ३६ रहेको छ। ४६ जिल्लामा ५ सय भन्दाबढी संक्रिय कोरोना संक्रमित रहेका छन्।

अहिलेसम्म कोरोना संक्रमण भएका ८ हजार भन्दाबढीको मृत्यु भइसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell