PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

कलाकार मदनकृष्ण अस्पतालबाट डिस्चार्ज



पहिलोपोस्ट

कलाकार मदनकृष्ण अस्पतालबाट डिस्चार्ज

काठमाडौं: कलाकार मदनकृष्ण श्रेष्ठ आज बिहान अस्पतालबाट डिस्चार्ज भएका छन्।

शुक्रवार राति स्वास्थ्यमा समस्या देखिएपछि उनलाई बाँसबारीस्थित गंगालाल अस्पताल भर्ना गरिएको थियो।  स्वास्थ्यमा सुधार आएपछि आज बिहान ११ बजे अस्पतालले डिस्चार्ज गरेको उनका छोरा यमन श्रेष्ठले बताए।

'स्वास्थ्य अवस्था सामान्य भएपछि अस्पतालबाट डिस्चार्ज गरिएको हो। डाक्टरले करिब एक महिना घरमा रेस्ट गर्न सल्लाह दिनुभएको छ। उहाँमा कमजोरीपन भने बाँकी नै छ। साथै दुई सातापछि रेगुलर फलोअपका लागि समेत बोलाउनुभएको छ।' यमनले भने।

मदनकृष्णको मुटुमा एन्जियोप्लास्टी गरी दुई वटा स्टयाण्ड राखिएको र एन्जियोप्लास्टीपछि स्वास्थ्य अवस्थामा सुधार आएको समेत यमनले बताए।

डेढ वर्ष अघि पनि उनको मुटुमा समस्या देखिएको थियो। त्यो बेला पनि एन्जियोप्लास्टी गरेर एउटा स्ट्यान्ड राखिएको थियो।

वैशाख ६ गते मदनकृष्णसहित उनको परिवारका सबै सदस्यमा कोरोना संक्रमण देखिएको थियो। संक्रमण भएको केही दिनमै स्वास्थ्यमा समस्या आएपछि उनलाई मेडिसिटी अस्पताल भर्ना गरिएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell