PahiloPost

Aug 13, 2026 | २८ साउन २०८३

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चले माग्यो एमिकस क्युरी



पहिलोपोस्ट

प्रतिनिधिसभा विघटन मुद्दामा सर्वोच्चले माग्यो एमिकस क्युरी

काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन मुद्दामा एमिकस क्युरी माग गरेको छ। संवैधानिक इजलासले नेपाल बार एशोसिएसन र सर्वोच्च अदालत बार एशोसिएसनबाट दुई/दुई जना वरिष्ठ अधिवक्ताको सहयोग उपलब्ध गराउन आदेश गरेको हो।

आदेशमा अदालतका सहयोगी एमिकस क्युरी लगायत निवेदक तथा प्रत्यर्थी तर्फका कानून व्यवसायीहरु (सरकारी वकिल सहित)लाई असार १० गतेभित्र लिखित बहस नोट पेश गर्न पनि भनिएको छ। 

अघिल्लो प्रतिनिधिसभा विघटनमा सर्वोच्च बारबाट २ र बार एशोसिएसनबाट ३ जना सदस्य एमिकस क्युरीमा थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell