PahiloPost

Apr 30, 2024 | १८ बैशाख २०८१

प्रदेश २ : कांग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालयसहित मन्त्रीमण्डल विस्तार हुँदै, आजै सपथ ग्रहण



पहिलोपोस्ट

प्रदेश २ : कांग्रेसलाई ३ र माओवादीलाई २ मन्त्रालयसहित मन्त्रीमण्डल विस्तार हुँदै, आजै सपथ ग्रहण

जनकपुरधाम : प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले नेपाली कांग्रेस र माओवादी केन्द्रलाई समेटेर मन्त्रीमण्डल विस्तार गर्न लागेका छन्।

नेपाली कांग्रेसलाई ३ वटा मन्त्रालय र माओवादी केन्द्रलाई २ वटा मन्त्रालय दिने सहमति भएपछि मुख्यमन्त्री राउत मन्त्रीमण्डल विस्तार गर्न लागेका हुन्। प्रदेश २ का प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवका अनुसार थपिएका मन्त्रीहरुको सपथ ग्रहण आजै साँझ साढे ७ बजे हुनेछ।

यादवका अनुसार नेपाली कांग्रेसलाई भौतिक मन्त्रालय, उर्जा मन्त्रालय र कानुन न्याय मन्त्रालय दिइएको छ। श्रोतको अनुसार कांग्रेसको तर्फबाट रामसरोज यादवको नेतृत्वमा, ओमप्रकाश शर्मा र  वीरेन्द्र सिंह मन्त्री बन्दैछन्। यद्यपि को कुन मन्त्री बन्ने भन्ने खुल्न सकेको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell