PahiloPost

Jun 14, 2026 | ३१ जेठ २०८३

राजेन्द्र महतोको पुतला जलाउँदा पक्राउ परेकालाई तत्काल रिहाइ गर्न नेविसंघको माग



पहिलोपोस्ट

राजेन्द्र महतोको पुतला जलाउँदा पक्राउ परेकालाई तत्काल रिहाइ गर्न नेविसंघको माग

काठमाडौं : उपप्रधानमन्त्री राजेन्द्र महतोको पुतला दहनका क्रममा पुतली सडकबाट पक्राउ परेका विद्यार्थीलाई तत्काल रिहाई गर्न नेविसंघले माग गरेको छ।

नेविसंघले पुतली सडकस्थित शंकरदेव क्याम्पस अगाडि महतोको पछिल्लो अभिव्यक्तिलाई लिएर पुतला दहन गरेको थियो। उनीहरुले चुरे दोहन, मूल्यबृद्धि लगायतका विषयमा चर्का नारा लगाएका थिए। सोही क्रममा दीपक ओझा, सुदिप अधिकारी, मिलन खतिवडा, सोम मल्ल, लोकेश कुँवर र आदित्य काफ्ले पक्राउ परेका थिए।

नेविसंघका महामन्त्री दीपक भट्टराई र बलदेव तिमल्सिनाले पक्राउ परेकालाई निशर्त रिहाईको माग गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell