
भारतीय अभिनेत्री जुही चावलाले फाइभ-जी मोबाइल टेक्नोलोजी लागू गर्ने निर्णय रोकी पाउँ भन्दै दिल्लीको उच्च अदालतमा मुद्दा हालेकी थिइन्।
जुहीले दर्ता गराएको मुद्दामा फाइभ-जीले मानिस र वन्यजन्तुमा आरएफ रेडिएसन पैदा गर्ने र यसले सबैलाई निकै हानी गर्ने दाबी गरिएको थियो।
मुद्दा दर्ता गरेपछि दिल्ली उच्च अदालतले उनको मुद्दा खारेज गर्नुका साथै २० लाखको जरिवाना समेत लगायो।
अब अभिनेत्री ट्विटरमा एक भिडियो पोष्ट गर्दैँ आफू फाइभ-जी मोबाइल टेक्नोलोजीको विरुद्धमा नरहेको बताएकी छिन्।
उनले भिडियोमा भनेकी छिन्, ‘पछिल्लो दिनमा यति हल्ला भयो कि मैले सुन्न पनि सकिनँ। यसैबीच खास सन्देश हरायो। म फाइभ-जीको विरुद्धमा छैन। बरु यसलाई म स्वागत गर्न चाहन्छु। जरुर ल्याउनुहोस् फाइभ-जी। तर, हामीमा रहेको डर निकाल्नुहोस्। गर्भवती महिला, बच्चा, बुढाबुढी र प्रकृतिका लागि सुरक्षित छ भनेर प्रमाणित गर्नुहोस्।’
साथै, उनले लागू नै गर्ने भए पनि यस सम्बन्ध प्रशस्त अनुसन्धान हुनुपर्ने र यसको निष्कर्ष जनतालाई देखाउन पनि माग गरेकी छिन्।
Hear 👍 pic.twitter.com/S0ypfWmS2E
— Juhi Chawla (@iam_juhi) June 9, 2021