PahiloPost

May 19, 2024 | ६ जेठ २०८१

सर्वोच्चबाट चाँडै न्याय सम्पादनको माग गर्दै जिल्ला अदालत सप्तरी अगाडि माओवादी केन्द्रको प्रदर्शन



पहिलोपोस्ट

सर्वोच्चबाट चाँडै न्याय सम्पादनको माग गर्दै जिल्ला अदालत सप्तरी अगाडि माओवादी केन्द्रको प्रदर्शन

जनकपुरधाम : नेकपा माओवादी केन्द्रले जिल्ला अदालत सप्तरी अगाडि प्रदर्शन गरेको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले असंवैधानिक रुपमा दोस्रो पटक संसद विघठन गरेको भन्दै सर्वोच्च अदालतबाट चाँडो न्याय सम्पादन गर्न माग गर्दै माओवादीले जिल्ला अदालत अगाडि प्रदर्शन गरेको हो।

माओवादी केन्द्र सप्तरीले ओलीले चालेको असंवैधानिक कदमविरुद्ध सर्वोच्च अदालतबाट चाँडो न्याय सम्पादन गरी संसद पुनर्स्थापनाको माग गर्दै सप्तरी जिल्ला अदालत अगाडि प्रदर्शन गरिएको जनाएको छ।

जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले मध्यरातमा संसद विघटनको सिफारिस, प्रधानमन्त्री केपी शर्मा ओलीलाई नियुक्ती तथा निर्वाचनको घोषणा गरिनु संविधानको बर्खिलाप रहेको भन्दै सर्वोच्च अदालतमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी,  नेकपा (एमाले) माधव नेपाल पक्ष, राष्ट्रिय जनमोर्चाले संयुक्त रुपमा दिएको मुद्दा माथि सर्वोच्च अदालतमा बहस भइरहेको छ।

प्रदर्शनकारीहरुले सर्वोच्च अदालत मुद्दाको न्याय सम्पादन अबिलम्ब गर, स्वतन्त्र न्याय प्रणाली माथिको हस्तक्षेप बन्द गर, कानुनी शासनको वहाली चाँडै गर, लगायतका प्लेकार्ड बोकेर राजविराजस्थित उच्च अदालत जनकपुर राजविराज ईजलास र जिल्ला अदालत सप्तरी अगाडि १ घन्टा प्रदर्शन गरेका थिए। सो क्रममा प्रदर्शनकारीहरुले कोरोना महामारी सम्बन्धी स्वास्थ्य सुरक्षालाई ख्याल गर्दै मापदण्ड समेत अपनाएका थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell