PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रदेशसभामा प्रस्तुत गरिँदै



पहिलोपोस्ट

वाग्मती प्रदेशको नीति तथा कार्यक्रम भोलि प्रदेशसभामा प्रस्तुत गरिँदै

हेटौँडा : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बिहीवार सार्वजनिक गर्ने भएको छ। बिहीवार दिउँसो ३ बजेको लागि प्रदेशसभा बैठक बोलाइएको प्रदेशसभा सचिवालयले जानकारी दिएको छ।

अर्थ मन्त्रालयका अनुसार आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा कोभिडलाई प्राथमिकतामा राखिएको छ। यसअघि आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता सदनमा पेश गरेर छलफल भएको थियो।

सोही आधारमा नीति तथा कार्यक्रम आउने सांसदहरुले अनुमान गरेका छन्। उक्त बैठकमा वाग्मती प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईँले प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७८/०७९ को लागि नीति तथा कार्यक्रम सार्वजनिक गर्ने भएको प्रमुख सचिव खड्काले बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell