PahiloPost

Apr 15, 2026 | २ बैशाख २०८३

त्रिभुवन विमानस्थलको निरीक्षण गर्दै पर्यटनमन्त्री अरगरियाले भने, 'पर्यटक र नागरिकलाई दिने सेवा चुस्त बनाउनुपर्छ'



पहिलोपोस्ट

त्रिभुवन विमानस्थलको निरीक्षण गर्दै पर्यटनमन्त्री अरगरियाले भने, 'पर्यटक र नागरिकलाई दिने सेवा चुस्त बनाउनुपर्छ'

काठमाडौं : नवनियुक्त संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री उमाशंकर अरगरियाले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको निरीक्षण गरेका छन्।

बुधवार दिउँसो विमानस्थल पुगेका मन्त्री अरगरियाले विभिन्न कक्षको अवलोकन गरेर जानकारी लिएका हुन्। अवलोकनका क्रममा उनले विमानस्थलमा भएका कमजोरी र सुधार गर्नुपर्ने विषयहरु ल्याउन कर्मचारीलाई निर्देशन दिए।

मन्त्री अरगरियासँग सचिव डा यादव कोइराला, नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक राजन पोखरेल, विमानस्थलका निर्देशक देवचन्द्र लाल कर्ण लगायत पदाधिकारीको उपस्थिति थियो।

अवलोकनका क्रममा मन्त्री अरगरियाले आगमन कक्षमा नवनिर्मित एक कक्षको उद्घाटन पनि गरेका थिए। सरसफाईमा विशेष ध्यान दिन र एयरपोर्टमा रहेका स-साना कमजोरीहरुलाई नियालेर अघि बढ्न पनि मन्त्री अरगरियाको निर्देशन थियो।

'हामी सेवाका लागि यो ठाउँमा आएका हौं। पर्यटक र नागरिकलाई दिने सेवा चुस्त बनाउनुपर्छ। सेवा दिँदा कोरोना महामारीलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्ड पालना गर्ने कुरामा सदैव सचेत रहनुहोला,' मन्त्री अरगरियाले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell