PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

प्रदेश २ : दुई वटा मन्त्रालय नपाउने भएपछि माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी नहुने



पहिलोपोस्ट

प्रदेश २ : दुई वटा मन्त्रालय नपाउने भएपछि माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी नहुने

जनकपुरधाम : प्रदेश २ मा नेकपा माओवादी केन्द्र तत्काल प्रदेश सरकारमा सहभागी नहुने भएको छ। मुख्यमन्त्री लालबाबु राउतले सहमति अनुसार २ वटा मन्त्रालय दिन तयार नभएपछि माओवादी तत्काल सरकारमा सहभागी नहुने माओवादी केन्द्रका सांसद जगत प्रसाद यादवले जानकारी दिए।

उनले सरकारले आफूहरुलाई बेवास्ता गर्न खोजेको आरोप समेत लगाए।

‘मुख्यमन्त्रीजीले शुरुमा ३ वटा मध्ये २ वटा रोज्न भन्नुभयो, हामीले मन्त्रालय छनौट गर्ने क्रममा असन्तुष्टी जनायौँ। तरपनि हामीले दुई वटा मन्त्रालय छनौट गर्‍यौँ’, यादवले भने, ‘तर, मुख्यमन्त्रीले अन्तिम समयमा आएर हामीलाई बेवास्ता गर्दै एउटा मन्त्रालय मात्रै दिन सक्ने बताउनुभयो।’

माओवादीले कानुन मन्त्रालय, महिला तथा बालबालिका मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालयमध्ये कानुन मन्त्रालय र उद्योग तथा पर्यटन मन्त्रालय छनौट गरेको थियो। माओवादी केन्द्रका संसदीय दलका नेता भरत प्रसाद साहले मुख्यमन्त्रीले कांग्रेसलाई सरकारमा सहभागी गराउन निकै कसरत गरे अनुसार आफूहरुसँग प्रारम्भिक चरणको छलफलमा कुरा नमिलेको बताए। उनले आफूहरु कुराकानीमा सकारात्मक रहेपनि अझै आन्तरिक छलफल, बहस र संवाद सरकारसँग गर्न आवश्यक रहेको बताए।

यता कांग्रेससँग भएको सहमति अनुसार ३ जना मन्त्रीले सपथ लिने कार्यक्रम छ। प्रदेश प्रमुख कार्यालयमा नवनियुक्त हुन आएका मन्त्रीहरु सपथ ग्रहणका लागि आसन जमाएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell